काठमाडौँ । बबरमहलस्थित नेपाल राष्ट्र बैंक, टक्सार महाशाखा अगाडि सुनचाँदीका सिक्का किन्नेको भिड लागेको छ । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन–चाँदीका सिक्का बिक्री सुरु गर्दैछ ।
खरिद–बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने छ । नेपाल राष्ट्र बैंकले बर्षमा एक दिन सुनचाँदीका सिक्का बिक्रि गर्ने गर्दछ ।





