२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

काठमाडौंमा कामपाले तोकेका स्थानमा मात्र फूल बेच्न पाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारका निम्ति आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्न सकिने जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार, एनबी सेन्टर नयाँ बानेश्वरका निम्ति आकृति श्रेष्ठ ९९८०१३६२३१२०सँग, बिग मार्ट, शंखमूलका लागि विपिन रावल ९९८४८६४३२९७०सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका निम्ति शिशिरकुमार पोखरेल ९९८६१७८१७५३०सँग सम्पर्क गर्न सकिनेछ ।

यस्तै, सेल्स बेरी मध्यबानेश्वरका लागि सपना सिजापती ९९८०१९७१३०८०सँग, फोनेक्स टावर बत्तीसपुतलीका निम्ति सुरज थापा ९९७६३६९७१४००सँग, एसी कम्लेक्स चाबहिलका लागि गोविन्द्रराज गिरी ९९८४१५१७२३३०सँग, चाबहिल गणेशस्थान तरकारी बजारका निम्ति अज्जब श्रेष्ठ ९९८४१०७८८०८०सँग, केएल टावरअगाडि चाबहिलका लागि चेतना गुरुङ ९९८०५८४१९७८०सँग, कमलादीमा रहेको आईटी बिल्डिङका निम्ति ९०१४५१५७८६०मा, पुतलीसडकमा रहेको स्टार मलका लागि चित्रबहादुर ढुंगाना ९९८६९५३९५११०सँग, अनामनगरको भाटभटेनीका निम्ति अजय लामा ९९८०१२४१४५१०सँग, सुन्धारास्थित काठमाडौं मलका लागि ९०१–५३५२५५५०मा, न्यु प्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका निम्ति मोहिङका भूर्तेल ९९८५१४००७९१०सँग सम्पर्क गर्न सकिनेछ ।

यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्यांक्वेट, कालीमाटीकै द्यौखेल, कलंकीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछापोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ ९नरःदे०को कार्यालयअगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नम्बर–२६ को कोइराला स्मार्ट, महाराजगन्जको सेल्स बेरी, गोंगबुको बिग मार्ट, चप्पल कारखानाको बिग मार्ट र बालुवाटारको बिग मार्टमा पनि फूल बिक्रीका निम्ति स्थान उपलब्ध गराइएको छ ।

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका निम्ति महानगर प्रहरी बलले सहजीकरण गर्नेछ ।

महानगर प्रहरी बललाई ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने यसका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

वातावरण व्यवस्थापन विभागले भनेको छ, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएको छ । कामपाले समेत विगतका वर्षदेखि नै प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा निषेध गरेको छ ।”

फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको हो । रासस

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  २ : २३ बजे