१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

चन्द्रागिरिमा घरघरमै स्वास्थ्य सेवा सञ्चालन



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले महिला तथा बालबालिका केन्द्रित स्वास्थ्य सेवा सञ्चालन गरेको छ । सामुदायिक नर्स कार्यक्रम अन्तरगर्त नगरपालिकाले घरघरमै स्वास्थ्य सेवा प्रदान गरेको हो । महिला तथा बालबालिका स्वास्थ्य अवस्थाको पहिचान लागि सुरु भएको उक्त अभियानमा स्क्रिनिङ,मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण, परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट, सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतना कार्यक्रम सञ्चालनमा छ ।

शनिबार सञ्चालित शिविरमा करिब ६ सयले स्वास्थ्य परिक्षण गरेको नगरपालिकाले जनाएको छ । चन्दागिरि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : १२ बजे