५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

वर्तमान सत्तागठबन्धन लामो नजाने पूर्वप्रधानमन्त्री नेपालको संकेत



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् ।च्यासलमा भएको एक कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा गठबन्धनमा आफूहरुले सहज नमानीरहेको बताएका थिए ।

“गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसो गर्दा सधैं टिक्यो भने ठिकै हुन्छ, कतिन्जेल टिक्छ भन्न सकिँदैन,” उनले भने, “हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ ।” उनले भने नेपालको राजनीति जटिल रहेको बताउँदै उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

उनले केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ११ : ४८ बजे