काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तीन दशकका अभ्यासहरुलाई सच्याउन आफु लागि परेको बताएका छन् । विदेशी कुटनीति आउदाँ नेपालमा बिदा दिएको भन्दै बिगतमा उनले गरेको आलोचना गरेको बिषय सामाजिक सञ्जालमा अहिले भाइरल भएपछि आफ्नो बचाउ गरेको छन् ।
मंगलबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले विगतका परम्परागत र नीतिगत निर्णय गरि त्यसलाई सच्याउने बताएका हुन् । उनले भनेका छन्, ‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ । अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबहाल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ। तर विधि नै नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न।’ उनले तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्ने बताएका छन् । उनले भनेका छन्, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’
११ बैशाख २०८१, मंगलबार
14
Shares