६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

आयोगले बुझायो राष्ट्रपतिलाई उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन



काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

राष्ट्रपति पौडेललाई आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम “प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणाम सहितको प्रतिवेदन” पेश गर्नु भयो,” प्रवक्ता भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही वैशाख १५ गते इलाम–२ मा प्रतिनिससभा सदस्य र बझाङ १ ९क०मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो । दुबै उपनिर्वाचनमा नेकपा एमालले बाजी मारेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १ : ५७ बजे