८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्थानीयलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।महानगरले आज सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।

निशुल्क सेव लिन काठमाडौं महानगरले महानगरपालिकाभित्र स्थायी बसोवास भएको हुनुपर्ने ,नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाणपत्र, खरिदार र नायव सुब्बास्तरको कक्षाका लागि प्लस टु पास गरेको र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाणपत्र पेस भएको गर्नुपर्ने महानगरले जनाएको छ । सात दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : ५४ बजे