५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

नवगठित जसपाले भन्यो- वर्तमान सरकारलाई समर्थन निरन्तर जारी छ



काठमाडौँ । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। आइतबार पार्टी बिभाजन पछि अशोक राई नेतृत्वमा गठन भएको जसपाको आज बसेको पहिलो बैठकले अहिलेकै सरकारको समर्थन रहेको जनाएको छ । ‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ,’ जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्तिमा उल्लेख छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।

राई नेतृत्वको जसपाका ७ जना सांसद रहेका छन् । यता मधेष प्रदेशमा भने पार्टी एकढिक्का रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ०४ बजे