काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कुमार कार्की नियुक्त गर्ने तयारी भइरहँदा मुख्यमन्त्री केदार कार्की भने रिट लिएर अदालत पुगेका छन् ।
मुख्यमन्त्री केदार कार्की बिहीबार दिउँसो मुख्यमन्त्री कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसविरूद्ध कोशीका मुख्यमन्त्री कार्की काठमाडौं आएका थिए । उनले नयाँ सरकार गठन गर्नु असंवैधानिक भएको दाबी गरेका छन्। एमालेका हिक्मत कार्कीले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। अहिले प्रदेश प्रमुखको कार्यलयमा हस्ताक्षर सनाखत भइरहेको छ । सनाखत पछि आजै मुख्यमन्त्री नियुक्ति गर्ने कार्यक्रम छ ।