१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मुद्दाको पुर्ण पाठ नआई विश्वासको मत लिन लागेको भन्दै कोशीमा कांग्रेसबाट बैठक बहिस्कार



विराटनगर । नेपाली कांग्रेसले विश्वासको मत लिन बोलाइएको कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा रिट दिएकोले त्यसको पुर्ण पाठ नआइक विश्वासको मत लिन लागेको प्रक्रियामा सहभागी नभएको कांग्रेसले जनाएको छ ।

वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ ।

प्रतिपक्ष दलबाट राप्रपा बैठकमा उपस्थित भए पनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ३१ बजे