काठमाडौँ । आइतबार विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठकको समय सरेको जानकारी गराए ।
सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेताहरुमा शनिबार सहमति भएअनुसार आज कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयका सदस्यहरुको भनाइ छ । कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । आज बिहानदेखि कार्यदलले टिओआर विषयमा गृहकार्य गरिरहेको छ । उक्त कार्यदलको बैठकले जारी रहेकाले संसद बैठक प्रभावित भएको हो ।