काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।नेपाली कांग्रेसका सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गरी आफ्ना नेताहरूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।
“उहाँ ९रवि लामिछाने०ले हिजो जसरी नेपाली कांग्रेसलाई लाञ्छित गर्नुभयो, जसरी कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ, हामी चुनौतीपूर्वक भन्न चाहन्छौँ– तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको यो काम हो, प्रश्न सोध्ने काम होइन,”
आरोप प्रमाणित गर्न नसके आउँदा दिनमा त्यसको परिणाम पनि गृहमन्त्रीले नै भोग्नुपर्ने कांग्रेसले चेतावनी दिएको छ । “तपाईंले जुन गम्भरी लाञ्छना गर्नुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने भोलिका दिनमा के हुन्छ, व्यहोर्नुपर्ला,” उनले भने ।
यसैबीच नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आफुमाथि तथ्यहीन अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री रवि लामिछानेबिरुद्ध निवेदन दिएका छन् । उपसभापति गुरूङले सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्नु मागसहित निवेदन दिएका छन्।
गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।





