काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालयकेन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाइएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एकमात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरिरहेको कांग्रेसले अब समिति बनाउन दबाब दिन सडकदेखि सदनसम्म आन्दोलनमा जाने तयारी गरेको छ । यता सत्तापक्ष भने छानबिन समिति बनाउने भन्दा प्रतिपक्षीलाई पेलेरै जाने रणनीतिमा देखिएको छ ।