७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

प्रधानमन्त्री प्रचण्डले भने – सिरोहिया अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाटै पक्राउ परेको बताएका छन् । चन्द्रागिरीमा बुधबार भएको एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले कान्तिपुरविरुद्ध कुनै पनि रिसइबी नसाधिएको समेत बताएका छन् । सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘ के को रिसिइबी हो, त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ?” ।

उनले सिरोहिया अदालती प्रक्रियाबाट निर्दोष भए सजिलै छुट्ने बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : ५५ बजे