८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका १० उम्मेदवार,उम्मेदवारमा गगन र केसीद्वयको फरक मत

महामन्त्री गगन थापा, केन्दीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसीले उम्मेदवारका बिषयमा फरक मत



काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ ।
सोमबार बिहान पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित कांग्रेसले १० उम्मेदवार चयन गरेको हो ।
कोशीमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति बनेको थियो। पूर्वमहामन्त्री रहेका सिटौला यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका थिए।

संस्थापन पक्षका आनन्द ढुंगाना मधेसमा उम्मेदवार भएका छन्।

बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । पुडासैनी संस्थापनइतर र बस्नेत संस्थापन पक्षका हुन्।

गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार उम्मेदवार भएका छन्।

लुम्बिनीमा संस्थापनइतर पक्षकी विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

कर्णालीमा संस्थापन पक्षका कृष्णबहादुर रोकाया उम्मेदवार भएका छन्। यता उम्मेदवारको टुंगो लगाउने विषयमा महामन्त्री गगन थापा, केन्दीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसीले उम्मेदवारका बिषयमा फरक मत राखेका छन् । उनीहरुले पार्टीको कार्यसम्पादन समितिको बैठकले नै तय मापदण्ड लागू नभएको गुनासो गरेका छन् । संसदीय बोर्डले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गरेतापनि सोही अनुसारका लागू नभएको गुनासो गरे ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : १७ बजे