काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले संसदमा उठाएका माग बाध्य भएर सरकार र सत्तापक्षले मान्ने बताएका छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानविन समिति बनाउन काँग्रेसले राखेको अडान पूरा भएरै छाड्ने विश्वास उनले व्यक्त गरे ।
नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले भने अनुसार नै संसदीय छानविन समिति बन्ने र कार्यादेश पनि काँग्रेसले अडान राखकै जसरी आउने दाबी गरे । महामन्त्री थापाले अहिले सञ्चारमाध्यको बिषयवस्तुमाथि नियन्त्रण गर्न खोज्ने, संसदमा प्रतिपक्षीलाई बोल्न रोक्ने जस्ता सत्तागठबन्धनको रवैया निरंकुशताउन्मुख र अनुदारवादी देखिएको अमरमेप लगाएका छन् ।
सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्ने अहिलेको अनुदार शैलि ज्ञानेन्द्र शाहको शासनमा समेत नदेखिएको तर्क गरेका छन् ।
सरकार र सत्तापक्षको ज्यादतीका विरुद्ध काँग्रेसले शुरु गरेको आन्दोलनमा प्रेस जगतको साथ हुनुपर्ने उनको भनाइ थियो ।