७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सहकारीमा राखेको जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्यो : कोइराला



काठमाडौँ । कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताए । ‘संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उनले भने ।

छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई कोइरालाको आग्रह छ । उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने कोइरालाको भनाइ थियो ।

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ कोइरालाले भने । उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताए । राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाइ छ ।

डा।कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्‍यायो त्यो बुझ्न जरुरी रहेको बताए । विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाई छ । ‘तपाईँहरुको भविष्यका लागि मैले राजनीतिक गरेको हुँ, युवाहरू विदेश पलायन हुँदा मलाई चिन्ता लागेको छ । युवालाई स्वदेशमा रोजगारी दिने वातावरणमा लाग्नुपर्छ,’ उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरू व्यवस्था नभएको बताए । नेता डा।कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : ४८ बजे