३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सेयर बजार हरियाली, हिमालयन रिइन्स्योरेन्स पहिलो कारोबारकै दिन सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो



काठमाडौ । सोमबार नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ।

यसदिन नेप्से १.८० प्रतिशतले बढेर २०५९.४९ विन्दुमा बन्द भएको छ।

सोमबारको बजारमा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रूपैयाँको सेयर कारोबार भएको छ।

आइतबार ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रूपैयाँको सेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा आज कारोबार रकममा ५७ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०९ वटा धितोपत्रको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच भएको हो।

सोमबार २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन ८ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

सिंगटी हाइड्रो इनर्जी, मोदी इनर्जी, त्रिशूली जलविद्युत र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यस्तै, हिमालयन रिइन्स्योरेन्स र नेपाल वयर हाउजिङको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ। हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा कारोबार खुला भएको हो।

उक्त कम्पनीको प्रतिकित्ता ५०६ रूपैयाँमा २१ करोड ८४ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६६६ रूपैयाँमा १९ करोड ३६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ४ : ०२ बजे