नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मीन्त्रपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् । यससँगै राजीनामासँगै सन् २०१९ देखि २०२४ सम्म चलेको १७ औँ लोकसभा विघटनका लागि मार्ग प्रशस्त गर्नेछ ।
राष्ट्रपतिले राजीनामा स्वीकार गर्दै प्रधानमन्त्री मोदी तथा मन्त्रिपरिषद्लाई नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म पुरानै जिम्मेवारी जारी राख्न निर्देशन दिए।
राजधानी दिल्लीमा बुधबार बसेको भारतको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई राजीनामा पेश गरी नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने निर्णयपश्चात प्रधानमन्त्रीले राजीनामा दिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकमा जुन १६ मा कार्यकाल समाप्त हुने मन्त्रिपरिषद् विघटन गर्न सिफारिस गरिएको छ ।
स्रोतका अनुसार तेलुगु देशम पार्टी ९टीडीपी० र जनता दल–युनाइटेड ९जेडीयू०को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० सरकार गठन र प्रधानमन्त्रीेको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।
बुधबार अपराह्न हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ ।
भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।
लोकसभा चुनावको नतिजाअनुसार भारतीय निर्वाचन आयोगले ५४३ लोकसभा निर्वाचन क्षेत्रमध्ये ५४२ को परिणाम घोषणा गरेको छ, जसमा भाजपाले २४० तथा काङ्गे्रसले ९९ सिट जितेको छ ।
भाजपाले सन् २०१४ को लोक सभा निर्वाचनमा २८२ सिट र सन् २०१९ मा ३०३ सीटमा बिजय भएको भाजपाले यो वर्षको निर्वाचनमा तुलनात्मकरूपमा केही कम सीट ल्याएको हो ।
अर्कोतर्फ, काङ्ग्रेसले सन् २०१९ मा ५२ र सन् २०२४ मा ४४ सिटको तुलनामा ९९ सिट ल्याई संसदमा प्रतिपक्षीको उपस्थितिलाई बलियो बनाएको छ । कडा प्रतिस्पर्धाबीच भएको निर्वाचनमा भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन ९इन्डिया० समूहले २३० भन्दा बढी सीट ल्याउन सफल भएको छ ।