५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

रक्षक नै भक्षक !



काठमाडौं । बाल यौन दुरूपयोग आरोपमा प्रहरीले एक जना प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शिवाकोटीमाथि बाल यौन दुरूपयोगको आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

उनलाई हाल प्रहरी वृत्त स्वयम्भूमा राखिएको जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १ : २२ बजे