३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कांग्रेसको चुनौती – गृहमन्त्रीले गिरिबन्धुको फाइल खोल्न होइन बोल्न पनि सक्दैनन् ?



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि गिरीबन्धु टि–स्टेटबारे लगाएको आरोप प्रमाणित गरी कारबाही गर्न चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै शर्माले सत्तारुढ घटक एमाले अध्यक्षले लगाएको आरोप प्रमााणित गरेर कांग्रेस नेतामाथि कारबाही गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका हुन् ।

२०४७ सालदेखिका सबै प्रकरणका फाइल खोल्ने रास्वपा नेताहरुको भनाइ कार्यान्वयन होस् भन्दै आयोग कहिले गठन हुन्छ भन्दै उनले प्रश्नसमेत गरे । गृहमन्त्रीले गिरीबन्धुको टि–स्टेटमाथि छानबिन गर्न हैन नाम लिने आँटसमेत नभएको शर्माले आरोप लगाए ।

शर्माले भने, ुम यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिशन खायो भनेर जे आरोप लगाउनु भएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरीबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ रु खोल्न होइन बोल्न पनि उहाँ सक्नु हुन्न । बोल्न सक्ने भएको भए शिक्षामन्त्री उपरको शब्द फिर्ता लिनुहोस् पूर्व प्रधानमन्त्रीज्यू उहाँले दमदारपूर्वक भन्न सक्नुहुन्थ्यो ।’

भूमि ऐनमा हदबन्दी भन्दा धेरै जग्गाको सट्टापट्टा गर्न सक्नेगरी गरिएको संशोधनको आधारमा गिरीबन्धु टि–स्टेटको जग्गा सट्टापट्टा गर्न दिएको स्वीकृति अदालतले खारेज गरिदिएपछि यतिबेला यो प्रकरण चर्चामा छ । तत्कालीन समयमा ओली नेतृत्वको सरकारले गरेको यो निर्णय अवैध भएपछि उनीमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  २ : ०५ बजे