९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

काठमाडौं महानगरपालिकालाई काम गर्न दिनुहोस् : अर्जुननरसिंह केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच तत्काल समन्वय गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा होइन, समन्वयमा र सहअस्तित्वमा आधारित भएको बताए।

उनले यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको भन्दै स्थानीय तहसँग संघ सरकारले गाईजात्रा देखाउनु राम्रो नभएको बताए। उनले संविधानको अनुसूचि ५,६,७,८,९ ले कार्यअधिकार स्पष्ट रूपमा तोकेको भन्दै संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भिर प्रश्न उठेको बताए।

सांसद केसीले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध संघर्षमा होइन, समन्वयमा र उत्तेजनामा होइन, सहअस्तित्वमा आधारित छ। यस सम्बन्धमा संविधानको धारा २३२ र २३५ ले स्पष्ट व्यवस्था गरेको छ। संविधानको अनुसूची ५,६,७,८,९ ले कार्याधिकार स्पष्ट रूपमा तोकेको छ। हाल संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच देखिएको सडक भत्काउने बनाउने देखिएको गाईजात्राले सरकारमाथि गम्भिर प्रश्न उठेको छ।’

उनले सरकारले तत्काल समन्वय गर्न आग्रहसमेत गरे।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  २ : ५१ बजे