काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार ९आज० उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
सोमबार उन्नाइस पदका लागि ५२ जनाले उमेदवारी दर्ता गराएका छन् ।