२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

छानबिन समिति बनेपनि गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु : प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपालमा गम्भीर विषय बनेको बताएका छन् । शनिवार नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर रहने भन्दै नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे । उनले सहकारीमा रकम अपचलन विषयमा छानबिन समिति बनिसकेपछि पनि उपप्रधान एवं गृहमन्त्रीकै पदमा रहिरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको पौडेलको दाबी छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ४२ बजे