काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय विरोधाभास रहेको बताएका छन् । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले यस्तो टिप्पणी गरेका हुन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको बताए ।
“एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद्को विघटन । नेकपा ९एमाले० जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो । जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो,” उनले भने, “यो हाम्रो आन्दोनलको विरोधाभास हो ।”