१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय



काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबारको इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी बताए ।

यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  २ : ५४ बजे