८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रास्वपाले लेबी शुल्क घटायो, पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले पार्टीको लेबी शुल्कलाई एकरूपता दिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य र संसद्को लेबी शुल्क घटाएको छ ।

जस अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको हो । त्यस्तै बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपियाँ तोकेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ४१ बजे