१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

प्रधानमन्त्री ज्यू , रवि लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिबारे तपाईले जवाफ कहिले दिने ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएका अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

ूप्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ । मैले के विश्वास गरौँ, हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ? उनले भने ।

कांग्रेसले यसअघि पनि लामिछानेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  २ : ११ बजे