८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

प्रधानमन्त्रीको ध्यान काममा होइन कुर्सी जोगाउनेमा केन्द्रित छ : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समीकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको बताए । त्यसै कारण प्रभावकारी ढंगले काम गर्न नसकेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री प्रचण्डलाई पाँच वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खानेबाहेक केही नदेखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ०६ बजे