२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

धितोपत्र बोर्डका तीनैजना प्रतिस्पर्धी गरे बहिस्कार, विकल्प खोज्दै सरकार



काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि दोस्रो दिनको सूचनामा पनि तीनैजना अनुपस्थित भएका छन् । अध्यक्ष छनोट गर्न गठित समितिले आइतबार बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएका तीनै जना बुधबार दोस्रो पटकसमेत अनुपस्थित भएका हुन् ।

यसरी अनुपस्थित हुनेहरुमा चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र नवराज अधिकारी हुन् । तीनै जना हालसम्म पनि सम्पर्कबाहिर रहेका छन् । मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको भने आइतबार नै अन्तर्वार्ता र प्रस्तुतीकरण सकिएको छ ।

दोस्रो दिन पनि अन्तर्वार्तामा तीनैजना अनुपस्थित भएपछि अब कसरी अघि बढ्ने भन्नेबारे समितिमा छलफल भएको थियो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : २९ बजे