९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

गगनको चेतावनी : नटेर्ने मन्त्री फेर्न नसके प्रधानमन्त्री ज्यू बालुवाटारबाट डेरा सर्ने



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो कुरा मन्त्रीले टरेनन् भनेर प्रधानमन्त्री छुट नपाउने बताएका छन् । सांसद थापाले प्रधानमन्त्रीको कुरा नटेर्ने मन्त्री फेर्न, फर्ने नसके प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट डेरी सर्न सुझाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसदीय व्यवस्थामा मन्त्री फेर्न नसक्ने हो भने सिंहदरबार र बालुवाटारबाट डेरा सर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए । “समानीकरण अनुदानको विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेट्दा सय प्रतिशत चाहिन्छ भन्नुभएछ,” उनले भने, “प्रधानमन्त्रीले मेरो त मन छ तर, मन्त्रीले मानेनन् भन्नुभएछ । कति पटक भन्ने यो संसदीय व्यवस्था हो, नटेर्ने भए मन्त्री फेर्ने अनि मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।”

उनले समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघ सरकारको संवैधानिक दायित्व भएको बताए । तर, संघीय सरकारले स्थानीय सरकारलाई वकस दिने जस्तो ढंगबाट व्यवहार गेरेको उनको भनाइ छ । “तर, यो तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो, सरकारले सात प्रतिशत जति अनुदान घटाउने अरे भन्ने सुनियो स्रोत छैन भन्ने कुरा आयो,” उनले थपे, “वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने १ स्रोत छैन भनेर अनुदान कटौती गर्ने रु यो अस्वीकार्य र असंवैधानिक छ ।”

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १ : ४८ बजे