३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गृहमन्त्रीको प्रश्न : के संकट आउन लाग्यो यो सरकार परिर्बतन गरियो ?



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री समेत रहेका सभापति लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्। एमाले र कांग्रेसको समिकरणको बिषयमा प्रतिक्रिया दिदैँ नँया समिकरण संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्।

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र?,’ उनले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचेन झा पक्राउ परेकाले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।

‘बेचैनीको अरू के अर्थ होला र? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : ३० बजे