९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्री फिर्ता बोलाउने



काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । एमालले प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत तयारी गरेको हो।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए । “प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ,” उनले भने ।

मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जाने बताउँछन् ।

एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो । यता नेपाली कांग्रेसको कार्यसम्पादन समितिले समेत प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  २ : ४३ बजे