८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

५ महिनामा वैदेशिक रोजगारमा श्रम स्वीकृति लिनेको संङया एक लाख ७३ हजार ५५५



काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीमा जान एक लाख ७३ हजार ५५५ जनाले श्रम स्वीकृति लिएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुनः श्रम स्वीकृति लिने वा नवीकरण गराउनेको संख्या एक लाख चारहजार ३७ रहेको छ ।

अघिल्लो वर्षको आर्थिक वर्षको मंसिरसम्म दुईलाख ३६ हजार ७७९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यतिबेला एक लाख १५ हजार ९४८ जनाले श्रम स्वीकृति नवीकरण गराएका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ३० बजे