९ पुस २०८१, मंगलबार | Wed Dec 25 2024

“पूरै ३० दिन लिनु, चाहिए २१ दिन पनि थप्नु तर, सरकार हुन्जेल सदनप्रति उत्तरदायी हुनुपर्छ”



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप लगाएको छ । आज संसद बैठकको आकस्मिक समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रीहरू सदनप्रति उत्तरदायी नभएको आरोप लगाएका हुन् ।

अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षति र सरकारले गरेका कामबारे सदनलाई जानकारी गराउन उनले आग्रह गरे ।

उनले भने, “हिजो पनि माननीयज्यूहरूले भन्नुभयो– सरकार विश्वासको मत लिने तयारी गरेको छ । संविधानानुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठेको छ,” उनले भने, “सरकारले पूरै ३० दिन लियोस्, २१ दिन थपे पनि भयो, केही समस्या भएन । तर, सरकार हुन्जेल सदनप्रति उत्तरदायी हुनुपर्छ ।”

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : २५ बजे