११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड !



काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत शुक्रबार एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएर सुनको मुल्यले नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्डलाई आजको मूल्यले ‘ब्रेक’ गरेको हो । आइतबारको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेर कारोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १२ : ५० बजे