८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पहिलो पटक संसद प्रवेश गरेका पौडेल बने स्वास्थ्य मन्त्री



काठमाडौं । पहिलो पटक संसद प्रवेश गरेका प्रदीप पौडेल स्वास्थ्य मन्त्री बनेका छन् । मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सपथ लिएका छन्। नेपाल बिद्यार्थी संघको राजनीतिक पृष्ठभुमिबाट उदाएका पौडेल काठमाडौँ क्षेत्र नम्बर ५ बाट सांसद बनेका थिए । उनीसँगै मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् ।

कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेका मध्ये सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका चारैजना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् । एमालेका अधिकांस मन्त्रीहरुले समेत पहिलो पटक अवसर पाएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ०३ बजे