काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सकारात्मक देखिएको छ । आज आइतबार ६१.६१ अंकले बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन नेप्से बढेको भए पनि कारोबार रकममा कमी आएको छ । गएको बिहीबारको तुलनामा ३१ करोड पाँच लाख रुपैयाँले सेयर कारोबारमा कमी आएको हो ।
आइतबार १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार १५ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका १८१ कम्पनीको सेयर मूल्य बढेको छ । ५६ कम्पनीको सेयर मूल्य घटेको छ ।