२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभा सचिवालयका अनुसार विशेष अधिवेशनको पहिलो बैठक आज दिउसो २ बस्ने गरि तयारी भएको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन सम्बन्धीको पत्र बाचन गर्ने कार्यसूची रहेको छ।

नेपाली काँग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्य (एक तिहाइ)ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आजका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नु भएको थियो । बजेट शून्यता रहेको अवस्थामा प्रदेश सभाको विशेष अधिवेशन बस्ने भएपछि सर्वत्र चासोका रुपमा हेरिएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेको भन्दै काँग्रेस र एमालेले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका सोडारी तत्कालीन सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ४७ बजे