काठमाडौँ । मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०र८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर्थिक वर्ष २०८०र८१ मा आयात १.१६ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख झरेको छ । आव २०७९र८० मा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपियाँ आयात भएको थियो ।
एक वर्षमा निर्यात ३.०३ प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपियाँमा झरेको छ । आव २०७९र८० मा एक खर्ब ५७ अर्ब १४ करोड ६९ लाख रुपियाँको निर्यात भएको थियो ।
गएको एक वर्षमा आयात घट्दा व्यापार घाटा ०.९६ प्रतिशतले घटेर १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपियाँको भएको छ । अघिल्लो वर्ष १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपियाँ व्यापार घाटा भएको थियो । गत एक वर्षमा मुलुकको समग्र वैदेशिक व्यापारमा १.३३ प्रतिशतले कमी आई १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपियाँमा सीमित रहेको छ ।