१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मौद्रिक नीतिपछि बढेको सेयर बजार आज घट्यो



काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बहीबार सामान्य घटेको छ । बजारमा कारोबार भएकामध्ये १६४ कम्पनीको मूल्य घट्दा बजारले ५ अंकको सामान्य क्षति व्यहोरेको हो । योसँगै समग्र बजार परिसूचक २६५५.६२ विन्दुमा पुगेको छ ।

७४ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजार परिसूचक घटे पनि कारोबार रकम भने बुधबारकै हाराहारीमा पुगेको छ ।

अघिल्लो दिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार कुल कारोबार रकम २१ अर्ब ९१ करोडको कारोबार भएको हो । यो बुधबारपछिकै सबैभन्दा धेरै रकम बराबर हो ।

बिहीबार बजारमा हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट तथा इन्भेष्टमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलपर, शुभज पावर लिमिटेड, सिटी होटल लिमिटेड, कुटेलि भु्कारी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  ३ : ३४ बजे