८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

आजबाट लागु भएको निर्वाचन आचारसंहिता माघ १२ सम्म लागु हुने



काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आजबाट लागु हुने भएको छ । निर्वाचन आयोगका अनुसार आचारसंहिता माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।

आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले बताएको छ ।

आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड ९क०, खण्ड ९क १० र खण्ड ९छ० दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।

आचारसंहिता लागु भएदेखि सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्न र गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न र गराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्नरगराउन नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले स्पष्ट पारेको छ ।राष्टियसभाका १९ रिक्त पदको लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : १६ बजे