८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

आगामी स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकरी दिए । स्थानीय तहमा पनि पार्टी बलियो बनाएर संगठनात्मक स्वरूपलाई विस्तार गर्न निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनबाहेक अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागिता जनाएको छैन । निर्वाचन आयोगकाअनुसार देशभरका ३५ पालिकामा विभिन्न पदका जनप्रतिनिधिको पद रिक्त छ । रिक्तस्थानमा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षदेखि वडाअध्यक्षका लािग निर्वाचन हुनेछ । निर्वाचन आयोगले आगामी मंसिरमा स्थानीय तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गर्न लागेको छ ।

त्यस्तै बैठकले डा। मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसअघि पार्टी विरोधी काम गरेको भन्दै ढकाललाई रास्वपाले महामन्त्री र प्रवक्ताबाट निलम्बन गरेको थियो।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  २ : २१ बजे