८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

ओमानका विदेशमन्त्रीले प्रधानमन्त्रीसँग गरे शिष्टाचार भेट 



काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेवटार्ता भएको हो ।

भेटवार्तामा नेपाल–ओमान सम्बन्ध, आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।

ओमानका विदेशमन्त्री बुसाइदी सोमबार नेपाल आएका हुन् । उनी मंगलबार साँझ फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ४ : ०१ बजे