काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा लैजान लागिएको हो ।
सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालयमा लैजान लागिएको हो ।
सरकारले यो विधेयक २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।