२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

नाडा अटो शोमा कृषि बिकास बैंकको विशेष लोन योजना, सस्तो ब्याजदरमा ग्राहकको आर्कषण (भिडियोसहित)



काठमाडौँ । कृषि बिकास बैंकको चाडपर्व लक्षित विशेष सवारी कर्जा योजना सार्वजनिक गरेको छ। भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो मोबाइलको मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर समेत गरेर उक्त योजना ल्याइएको हो।
यस योजनाअन्तर्गत कृषि बिकास बैंकले ७ वर्षका लागि ७.९९प्रतिशत ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको हो । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।
देशभर शाखा रहेको बैकको सस्तो ब्याजदरमा सवारी लोन ल्याएकाले आग्रह आर्कषित भएको बैंकले दाबी गरेको छ । भृकुटीमण्डपमा रहेको स्टलमा सहभागी केही ग्राहकले समेत सेवा सुल्क छुट र सस्तो ब्याजदरमा आर्कषित भएको बताए ।
बैंकले यस अघि शैक्षिक कर्जा योजना सार्वजनिक गरेको थियो । जसमा सम्बन्धित अध्ययन संस्थाले अनुमोदन गरेको अनुमान लागतको कुल शुल्क रकमको अधिकतम ८० प्रतिशतसम्म कर्जा सीमा रहने उल्लेख छ । अधिकतम ७ वर्ष अवधिको उक्त कर्जा सुबिधा बिद्यार्थीहरुले उपभोग गर्न पउने बैंक जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ९ : ०१ बजे