५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

तोलामा ७०० रुपैयाँले घट्यो सून, आजको मूल्य कति ?



काठमाडौं । बुधबार सामान्य घटेको सूनको मूल्य बिहिबार तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  १२ : २२ बजे