काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकामा कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।
गाउँपालिकाका केही वडाहरूमा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा कृषककै स्वास्थ्यमा गम्भीर समस्या आएको बिषय सार्वजनिक भएपछि मन्त्रीले कार्यदल गठन गरेका हुन् । वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकरह्ेको कार्यदलमा पाँच सदस्य छन् । स्थानीय पत्रिकामा एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएको थियो ।