५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएपछि दिए राजीनामा



काठमाडौँ । गण्डकी प्रदेश सरकारका मन्त्री दीपक मनाङेले मन्त्रीपदबाट राजीनामा दिएका छन् ।

मन्त्री मनाङेका स्वकीय सचिव सन्तोष अधिकारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी सापकोटाले जानकारी दिए।

भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई वन मन्त्रालयको जिम्मेवारी दिएसँगै असन्तुष्ट व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ८ : ३५ बजे