१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

दुग्ध विकास संस्थानलाई ६० करोड ऋण भुक्तानी गर्न स्वीकृति दिने सरकारको निर्णय



काठमाडौँ । सरकारले दुग्ध उत्पादक किसानहरूलाई भुक्तानी दिनका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रीपरिषद्को बैठकले किसानहरूलाई आर्थिक वर्ष २०८१र८२ मा भुक्तानी दिन बाँकी रकम भुक्तानी दिन र प्रविधि सुधार तथा व्यवसाय विस्तारका लागि अर्थ मन्त्रालयलाई ऋण दिन स्वीकृति दिएको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै मन्त्रीपरिषद् बैठकले पेरिस पाराओलम्पिकमा कास्यपदक जिती नेपालको गौरवलाई स्थापित गर्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ६५ लाख रुपैयाँ नगद सहित सम्मानित गर्ने निर्णय गरेको छ ।
साथै बैठकले पलेशा गोवर्धनका प्रशिक्षकलाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापकका लागि २ लाख ९२ हजार रुपैयाँ नगद सहित सम्मान गर्ने निर्णय गरेको पनि सञ्चार मन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  १० : ०२ बजे